१ करोड पटक डाउन्लोड भएको नेपालको पहिलो एप इ-सेवा
नेपालमा निर्मित तथा नेपाली कम्पनीको पहिलो डिजिटल वालेट मोबाइल एप्लिकेसन esewa गुगल प्लेस्टोरमा १ करोड पटक डाउनलोड हुने नेपालको पहिलो एप भएको छ । यसै अवसरमा e-sewa ले खुसीका एक करोड पलहरू भनि खुशियाली मनाएको छ ।
नगद रहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवाले नेपालको डिजिटल भुक्तानी सेवामा क्रान्ति नै ल्याएको भन्न सकिन्छ । सार्वजनिक सेवाका संस्थानहरुमा लाग्ने ठुलठुला लाईन तथा भिडहरु इसेवाका कारण आज पैसा तिर्न भिड नलाग्ने मात्र हैन घर बाटै र विदेश बाट पनि घरपरिवारको विजुली, खानेपानी लगायतको बिल तिर्ने सुविधा छ ।
हाल इसेवाका १ करोड भन्दा बढी ग्राहकहरु रहेका छन् । ४९ बैङ्कहरू, ४५ लघुवित्तहरू, ३ लाख ५० हजार भन्दा बढी मेर्चैन्टहरु इसेवामा आवद्ध रहेका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस