फिफा वरीयतामा नेपाल एक स्थान तल झर्यो
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ।

फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औं स्थानमा पुगेको हो, जुनअघि नेपाल १७५औं स्थानमा थियो।
दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत दुई स्थान तल झर्दै १२६औं स्थानमा पुगेको छ, जबकि दोस्रो स्थानमा रहेको माल्दिभ्स १६३औं स्थानमा छ। भुटानले दुई स्थान तल झर्दै १८४औं स्थानमा र बंगलादेशले पनि दुई स्थान तल झर्दै १८६औं स्थानमा पुगेको छ। पाकिस्तान १९७औं स्थानमा र श्रीलंका पाँच स्थान सुधार गर्दै २००औं स्थानमा रहेको छ।
फिफा वरीयताको शीर्ष स्थानमा अर्जेन्टिना कायमै रहेको छ। फिफा वरीयताको शीर्ष १० स्थानमा कुनै परिवर्तन भएको छैन। यसमा दोस्रो स्थानमा फ्रान्स, तेस्रोमा स्पेन, चौथोमा इंगल्याण्ड, पाँचौंमा ब्राजिल, छैटौंमा बेल्जियम, सातौंमा नेदरल्याण्डस्, आठौंमा पोर्चुगल, नवौंमा कोलोम्बिया र दशौँमा इटाली रहेका छन्।
एशियाबाट जापानले २ स्थान सुधार गर्दै १६औं स्थानमा उक्लिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस