दिउँसो देशभर आंशिक देखि सामान्यत बदली भैरहेको छ
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।
कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ, र केही स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी क्षेत्रमा मौसम मुख्यत: सफा रहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा र अन्य पहाडी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस