युक्रेन युद्धविरामको सम्भावनाप्रति आशावादी ट्रम्प

किएभ र मस्कोले बिहीबार बिहानै ताजा हवाई आक्रमणहरू सुरु गरे पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी वार्ताकारहरूले युक्रेन युद्धमा युद्धविराम सुरक्षित गर्न सक्ने आशा व्यक्त गरेका छन् ।
संयुक्त राज्य अमेरिकाले रुसलाई बिना कुनै शर्त शत्रुतालाई रोक्न सहमत होस् भन्ने चाहेको अधिकारीहरूले बुधबार बताएका छन् ।
क्रेमलिनले यस साता सहमत भएको अमेरिकी–युक्रेनी प्रस्तावको विवरणको प्रतीक्षा गरिरहेको बताएको छ र विगत तीन वर्षमा दशौँ हजारलाई मृत्युको मुखमा पु¥याएको लडाइँ रोक्ने आफ्नो तत्परताको कुनै सङ्केत दिएको छैन ।
राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्षको आक्रमणमा रूसी क्षेत्र कब्जा गर्न लडिरहेका युक्रेनी सेनाहरू विरुद्ध लाभ हासिल गरेका रूसी सेनाहरूको भ्रमण गरेका थिए ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आफ्नो देश सम्झौता गर्न तयार रहेको बताए । पुटिनले सम्झौता गर्न अस्वीकार गरेमा अमेरिकाले ‘कडा’ प्रतिक्रिया दिने सङ्केत दिएको छ ।
‘हामी अहिले बोलिरहेकै बेला मानिसहरू रुस गइरहेका छन् र आशा छ कि हामी रुसबाट युद्धविराम प्राप्त गर्न सक्छौँ,’ ट्रम्पले आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिनसँगको ओभल अफिस बैठकका क्रममा पत्रकारहरूलाई भने ।
ह्वाइट हाउसले गाजा र युक्रेन युद्धका मध्यस्थकर्ता ट्रम्पका दूत स्टिभ विटकोफ यस हप्ता मस्कोमा हुने बताएको छ ।
बुधबार ट्रम्पले पुटिनसँग कुरा गर्ने कि नगर्ने उल्लेख गर्नुभएन तर मस्कोबाट ‘सकारात्मक सन्देश’ आएको भन्दै भने, ‘मलाई आशा छ कि उहाँले युद्धविराम गर्नुहुनेछ ।
तपाईको प्रतिक्रिया दिनुहोस