Techie IT
२०८१ चैत्र ३०, शनिबार

प्रधानमन्त्री कपअन्तर्गत आज तीन खेल हुँदै


काठमाडौं । जारी पीएम कपमा आज तीन खेल हुँदैछन् ।

आज एपीएफ र मधेस प्रदेशबीच खेल हुँदैछ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि सुरु हुँदैछ । जारी प्रतियोगितामा एपीएफ र मधेस प्रदेश दुवै आआफ्नो पहिलो खेल जितेर विजयी सुरुवात गरेका छन् ।

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच खेल हुँदैछ । एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम तिलोत्तमामा हुने यो खेल बिहान ८ बजेदेखि सुरु हुनेछ । 

जारी प्रतियोगितामा त्रिभुवन आर्मीले आफ्ना दुवै खेलमा जित हासिल गरेर उत्कृष्ट सुरुवात गरेको छ भने कर्णालीले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच हुँदैछ । सिद्धार्थ रंगशालामा हुने यो खेलमा बिहान ९ बजेदेखि सुरु हुनेछ । गण्डकी र लुम्बिनीले अहिलेसम्म खेलेका २–२ खेलमा एक एक जित र एक एक खेलमा हार बेहोरेका छन् ।
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट