Techie IT
२०८१ चैत्र २०, बुधबार

सुदूरपश्चिममा लेखाका कर्मचारी किन भए आन्दोलित ?


काठमाडौं । सुदूरपश्चिममा लेखा समूहका कर्मचारीहरू आन्दोलित भएका छन् । उनीहरूले प्रदेशको आर्थिक प्रशासनको कार्य ठप्प पारेर आन्दोलित भएका हुन् । 

प्रदेश सरकारले अन्यायपूर्ण तरिकाले प्रदेश निजामती ऐन र नियमावली जारी गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन् । 

लेखा समूहका कर्मचारीले सोही ऐनमा टेकेर लोकसेवा आयोगले समान्य प्रशासन सेवा समूहतर्फ विज्ञापन गरेको भन्दै आन्दोलितमा उत्रिएको एक कर्मचारीले बताए । 

प्रदेश सरकार अन्तर्गत पर्ने ९ वटै जिल्लाका कार्यालयमा आर्थिक प्रशासनिक काम रोकेर उनीहरू बुधबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना बसेका छन् । उनीहरूले आफूहरूको माग सम्बोधन नभएसम्म मुख्यमन्त्री कार्यालयमा धर्ना जारी राख्ने अडान राखेका छन् । 

सरकारले अन्यायपूर्ण निजामती ऐन र नियमावलीमा टेकेर अन्य समूहका कर्मचारीलाई रोकेर समान्य प्रशासन समूहका लागि लोकसेवा आयोगबाट बढुवा गर्न विज्ञापन गरेको भन्दै त्यसको खारेज गर्नुपर्ने उनीहरूको माग छ । 

प्रदेश निजामती सेवाको नवौँ तहमा प्रशासन सेवाका समूहहरू हटाउनुपर्ने, लेखा समूहको ओ एण्ड एम गर्नुपर्ने, लोकसेवा आयोगले २० फागुनमा खोलेको विज्ञापन स्थगित गरि पुनः एकमुष्ट विज्ञापन खोल्नुपर्ने र दुईमध्ये कुनै पनि माग पूरा नगरे प्रदेशमा समायोजित लेखा अधिकृतलाई संघमा फिर्ता पठाउनुपर्ने उनीहरूको माग छ । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट