शंकर देव क्याम्पसमा विद्यार्थीको फर्जी भर्ना । क्रान्तिकारी द्वारा विरोध

शंकरदेव क्याम्पसमा बिबिए, बिबिए फाईनान्समा त्रिभुवन विश्वविद्यालयको नियम बिपरित मेरिट लिस्ट को वेटिङ लिस्ट ननिकाली भर्ना गरेको पाइएको छ ।
क्याम्पस प्रमुख कृष्ण आचार्य, बिबिए डाईरेक्टर सुमन कलम पराजुली, डिपुटी डाईरेक्टर रिषि राज पन्त र स्ववियु सभापति सुसान्त बस्नेतको मिलेमतोमा मेटिट लिस्टमा नाम नभएका बिधार्थी लाई भर्ना लिएको आरोप लागेको छ । नियमविपरित २५-३० जनाको भर्ना गरेको पाइएको हो ।
त्रि.वि.को नियम अनुसरा मेरिट लिष्ट भन्दा भर्ना गर्दा अन्य विधि बाट वा मेरिट लिष्ट भन्दा वाहिर बाट भर्ना गर्नै पाईदेैन । शंकरदेव क्याम्पसले भने आफ्नो मनमर्जि भर्ना लिदा वास्तविक भर्ना पाउनुपर्ने विद्यार्थीहरु मर्कामा परेका छन् । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य नेता प्रदिप भण्डारीका अनुसार त्रि.विको नियम विपरित फर्जी भर्ना लिनु कानुनको बर्लाखिलाप हो र यसलाई तत्काल नसच्याए कडारुपमा प्रतिवाद गर्ने जनाएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस