‘होली सररर’ गीत सार्वजनिक, आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्य (भिडिओसहित)

बर्दिवास । गायक रुद्रसेन विश्वकर्माले होली विशेष नयाँ गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । उक्त गीत फागुन २२ गते युट्युबमा रिलिज गरिएको हो ।
गायकले गायिका समीक्षा अधिकारीसँग मिलेर गाएको यस गीतमा रमाइलो लय तथा तराई–मधेसको होली पर्वलाई झल्काउने शब्द समावेश गरिएको छ । गीतमा शब्द तथा संगीत स्वयं गायककै रहेको छ भने एरेञ्ज योगेश काजीले गरेका छन् ।
म्युजिक भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक स्वयंको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छायांकन ओम प्रसार्इं, सम्पादन अमृत चापागाईं र नृत्य निर्देशन प्रदीप कुमार रसाइलीले गरेका छन् ।
हेर्नुहोस् भिडिओ :
तपाईको प्रतिक्रिया दिनुहोस