Techie IT
२०८१ फागुन २५, आइतबार

बझाङ जयपृथ्वीनगर समितिको अध्यक्षमा विष्ट


काठमाडौं । नेकपा (माओवादी केन्द्र) जयपृथ्वीनगर समिति बझाङको अध्यक्षमा कविबहादुर विष्ट चयन भएका छन् । उपाध्यक्षमा देवराज जोशी, रामचन्द्र सिंह र पट्टीबहादुर सिंह चयन भएका छन् । 

त्यस्तै सचिवमा देवीजंग सिंह र सहसचिवमा कमला बिक चयन भएका छन् भने कोषाध्यक्षमा रमादेवी जोशी चयन भएको उक्त नगर समितिले जनाएको छ । जयपृथ्वीनगर समितिको यो पहिलो बैठक हो । 

समितिको जेष्ठ सदस्य हंसबहादुर सिंहको अध्यक्षतामा बसेको नगर समितिको बैठकले पदाधिकारीहरू सर्वसम्मत चयन गरेको छ । 

अध्यक्षमा चयन भएका विष्टले पार्टीको जिम्मेवारी र समितिको कामकारबाहीबारे आफू दत्तचित्त भएर अग्रसर हुने बताएका छन् । 

२०७४ मा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएसँगै माओवादी केन्द्रले वडा, गाउँ, नगर, उपमहानगर, महानगरपालिका, जिल्ला, प्रदेश र संघमा आफ्नो बलियो उपस्थिति जनाउन विभिन्न समितिहरू गठन गर्दै आएको छ ।  

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट