डाक्टर र नर्सको तलब बढाउने सरकारको तयारी

काठमाडौं । डाक्टर र नर्सको तलब (पारिश्रमिक) बढाउने सरकारले तयारी गरेको छ ।
ऐन बमोजिम तलब बढाउने सरकारले तयारी गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बताए ।
आज (मंगलबार) काठमाडौंमा नेपाल चिकित्सक संघको ७५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले डाक्टर र नर्सको तलब बढाउने तयारी भएको बताए ।
सरकारी र निजी दुवैमा कार्यरत उनीहरूको तलब बढाउन सरकार अघि बढेको बताए ।
उनले भने, ‘सरकारीमा पनि तलब बढाउने र निजीमा पनि यस्तो पारिश्रमिकले पुग्दैन । कम्तीमा श्रम ऐनले व्यवस्था गरेबमोजिम स्किल्ड म्यानपावरलाई दिनुपर्ने न्यूनतम तलब दिनुपर्छ । त्यो एकदम कडाइका साथ लागू गर्नेगरी अघि बढिरहेका छौँ । श्रम ऐनले तोकेको रकमले पनि पुग्दैन । एउटा नर्सलाई २२ हजारले, एउटा डाक्टरलाई ४८ हजारले दैनिकी गुजार्न सम्भव हुँदैन । यसलाई गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसक्यौँ भने विदेश जाने क्रम रोकिन सक्छ ।’
तपाईको प्रतिक्रिया दिनुहोस