Techie IT
२०८१ चैत्र २०, बुधबार

सभामुखको पिएसओको स्कुटर दुर्घटनामा मृत्यु


कैलाली । सभामुखको पिएसओको दुर्घटनामा परी मृत्यु भएको छ । 

सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीम भण्डारीका सुरक्षाकर्मी (पीएसओ) सई योगेन्द्र बोहराको सवारी दुर्घटनामा परी मृत्यु भएको हो ।

आज (सोमबार) गोदावरी नगरपालिका–२ स्थित विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा ३४ वर्षीय बोहरा गम्भीर घाइते भएका थिए । 

उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट