गोरखामा डेंगुका कारण एक व्यक्तिको मृत्यु भएको छ
गोरखामा डेंगुका कारण मृत्यु हुने व्यक्तिको पहिचान गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्यालको रूपमा भएको छ।

गोरखामा डेंगुका कारण मृत्यु हुने व्यक्तिको पहिचान गोरखा नगरपालिका ११ बरथोकका ४७ वर्षीया राम प्रसाद अर्यालको रूपमा भएको छ। जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख याम प्रसाद शर्माका अनुसार, भदौ २७ गते जिल्ला अस्पताल गोरखामा चेकजाँच गर्दा डेंगु पोजेटिभ देखिएपछि उनलाई केही दिनको लागि गोरखा अस्पतालमा भर्ना गरिएको थियो।
तर, स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि भरपुर मेडिकल कलेजमा पठाइएका अर्यालको सोमबार मृत्यु भएको छ, जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ।
गोरखामा झण्डै दुई महिनामा ३७७ जनामा डेंगु संक्रमण देखिएको छ, प्रमुख याम प्रसाद शर्माले बताए।
तपाईको प्रतिक्रिया दिनुहोस