आजदेखि च्याम्पियन्स लिग फुटबलः ३६ टोलीहरूको ठूलो संघर्ष सुरु
यस सिजनको च्याम्पियन्स लिग फुटबल मंगलबारदेखि सुरु हुँदैछ।

यस सिजनको च्याम्पियन्स लिग फुटबल मंगलबारदेखि सुरु हुँदैछ। यस वर्षको प्रतियोगितामा ३६ टोलीहरू प्रतिस्पर्धामा रहनेछन्, जुन विगतको तुलनामा चार टोली बढी हो।
साबिक विजेता रियल म्याड्रिड यो सिजनको च्याम्पियन्स लिगमा सहभागिता जनाउनेछ। इंग्लिश टोलीहरू म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र अस्टन भिल्ला पनि प्रतिस्पर्धामा छन्।
स्कटल्यान्डको सेल्टिकसहित कुल ५ बेलायती टोलीहरूले भाग लिनेछन्। स्पेनका टोलीहरूमा रियल म्याड्रिड, एथलेटिको म्याड्रिड, गिरोना र बार्सिलोनाको सहभागिता छ।
जर्मनीका टोलीहरूमा वायर लिभरकुसेन, बायर्न म्युनिख, बोरुसिया डर्टमन्ड, लिइपज र स्टुटगार्ट सामेल छन्। इटालीका एटलान्टा, बोलोग्ना, इन्टर मिलान, युभेन्ट्स र एसी मिलान पनि प्रतियोगितामा सहभागी हुनेछन्।
फ्रान्सका ब्रेस्ट, लिले, मोनाको र पेरिस सेन्ट-जर्मनको सहभागिता रहेको छ भने अस्ट्रियाका साल्जबर्ग र स्टुअरम ग्राज पनि छन्।
नेदरल्यान्ड्सका फेयेनोर्ड र पीएसभी आइन्डहोभन, पोर्चुगलका बेनफिका र स्पोर्टिङ सिपीको पनि सहभागिता छ। बेल्जियमको क्लब ब्रुग, क्रोएशियाका डाइनामो जिएनके, चेक गणतन्त्रको स्पार्टा प्राग, स्कटल्यान्डको सेल्टिक, सर्बियाको रेड स्टार बेलग्रेड, स्लोभाकियाको स्लोभान ब्रातिस्लाभा, स्विट्जरल्यान्डको यङ ब्वाइज र युक्रेनको शख्तार डोन्स्क पनि प्रतियोगितामा सहभागी हुनेछन्।
यस सिजनमा रियल म्याड्रिडका केलियन एमबाप्पे र जुड बेलिङ्घमले धेरैको ध्यान खिच्नेछन्। बार्सिलोनाका १७ वर्षीय स्टार लामिन यामाल र डानी अल्मो पनि चर्चाको विषय हुनेछन्।
वायरन म्युनिखका हेरी केन, माइकल ओलिसे, लिइपजका जाभी सिमोन्स र एन्टोनियो नुसा, एट्लेटिको म्याड्रिडका जुलियन अल्भारेज र कोचार गाल्घेर, पेरिस सेन्ट-जर्मनका जाओ नाभास र डिजायर डाओस, तथा स्पोर्टिङ सिपीका भिक्टर गोयकायसले पनि दर्शकहरूको ध्यान आकर्षित गर्नेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस