Techie IT
२०८२ वैशाख ८, सोमबार

१२औं विज्ञान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै


आज देशभर "विज्ञान तथा प्रविधिः विकास र उत्पादन वृद्धि" भन्ने आदर्श वाक्यसहित १२औं विज्ञान दिवस मनाइँदैछ। यस अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ। विज्ञानको महत्वलाई उजागर गर्न र यसको विकासमा सहयोग पुर्‍याउन विभिन्न संघ-संस्थाहरूले पनि दिवसलाई विविध कार्यक्रमसहित मनाउन लागेका छन्।

दिवसको प्रमुख कार्यक्रम अन्तर्गत नौ जनालाई राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार २०८१ प्रदान गरिनेछ। यसै अवसरमा, राष्ट्रिय प्राकृतिक संरक्षण कोषमा आयोजित विशेष कार्यक्रममा प्राविधिक सत्रसमेत हुनेछ। यस सत्रमा "साइन्स एण्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन इन नेपाल" विषयमा प्यानल छलफल हुने अपेक्षा गरिएको छ।

विज्ञान दिवसको उद्देश्य भनेको विज्ञान र प्रविधिलाई आर्थिक वृद्धि र उत्पादनको वृद्धि गर्न महत्वपूर्ण अस्त्रको रूपमा विकास गर्दै यसको महत्त्वलाई व्यापक रूपमा फैलाउनु हो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट