विश्वकप लिग २: आज नेपाल क्यानडासँग प्रतिस्पर्धा गर्दै
विश्वकप लिग-२ अन्तर्गत आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।

विश्वकप लिग-२ अन्तर्गत आज नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। यो खेल सोमबार साँझ ७:४५ बजे क्यानडाको किङ सिटी मैदानमा सुरु हुनेछ। क्यानडा आफ्नो घरेलु मैदानमा नेपालसँग खेल्न लागेको हो।
नेपालले क्यानडामा दुई ओडिआई खेल्नेछ, र त्यसपछि ओमानसँग पनि दुई ओडिआई खेल्नेछ। नेपाल क्यानडासँग दोस्रो खेल असोज ६ गते खेल्नेछ भने ओमानसँगका खेल असोज २ र ८ गते हुनेछन्।
ओडिआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँग टी-२० सिरिज खेल्नेछ।
क्यानडा भ्रमणपछि नेपाल अमेरिका जानेछ, जहाँ नेपालले स्कटल्याण्ड र अमेरिकासँग त्रिकोणात्मक र टी-२० सिरिज खेल्नेछ।
नेपालले चार खेल खेलेर २ अंक हासिल गरेको छ। यसअघि त्रिवि क्रिकेट मैदानमा नेपालले नामिबियासँगका दुई खेलमा हार बेहोर्यो, र नेदरल्याण्डसँग एक जित र एक हारको नतिजा ल्यायो।
तपाईको प्रतिक्रिया दिनुहोस