परराष्ट्रमन्त्री आज क्यानाडा, अमेरिका र कतारको भ्रमणमा जादै
परराष्ट्रमन्त्री डा. अरजू राणा देउवा आज साँझ क्यानाडाको टोरन्टोमा १९ देखि २० सेप्टेम्बर २०२४ सम्म हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन प्रस्थान गर्दैछन्।

परराष्ट्रमन्त्री डा. अरजू राणा देउवा आज साँझ क्यानाडाको टोरन्टोमा १९ देखि २० सेप्टेम्बर २०२४ सम्म हुने महिला परराष्ट्रमन्त्रीहरूको बैठकमा सहभागी हुन प्रस्थान गर्दैछन्।
यो बैठक क्यानाडा र जमैका सरकारद्वारा सह-मेजबानी गरिँदैछ। परराष्ट्रमन्त्रीले टोरन्टोमा महिला परराष्ट्रमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ, परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ।
२१ सेप्टेम्बर २०२४ मा परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीको नेतृत्वमा न्यूयोर्कमा हुने ७९औं संयुक्त राष्ट्रसंघ महासभाको सत्रमा नेपाली प्रतिनिधिमण्डलमा सामेल हुनेछन्।
परराष्ट्रमन्त्री राणा २-३ अक्टोबर २०२४ मा कतारको दोहामा हुने एशिया सहयोग संवादको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागी हुनेछन्। परराष्ट्रमन्त्री ४ अक्टोबर २०२४ मा काठमाडौँ फर्किने कार्यक्रम रहेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस