देशभर सवारी दुर्घटनामा ३ जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिका–२ खतिवडा चोकमा शनिबार दिउँसो मोटरसाइकलको ठक्करबाट ७५ वर्षीया ईन्द्रमाया कार्कीको मृत्यु भएको हो । गम्भीर घाइते कार्कीको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारका क्रममा ज्यान गएको हो । दुर्घटनामा साइकल यात्रीसमेत घाइते भएका छन्। मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा छन् ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–३ हर्वलेचोकमा ना.१ क ९१२९ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुरका ३२ वर्षीय नरबहादुर वाइबाको घटनास्थलमै मृत्यु भएको छ ।
सिराहाको मिर्चैया नगरपालिका–७ मा आइतबार बिहान रोकिराखिएको टिपरमा पिकअप ठोक्किँदा पिकअपका सहचालक सिन्धुलीका २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ। घाइते पिकअप चालकको उपचार भइरहेको छ भने फरार टिपर चालकको खोजी जारी छ ।
दुर्घटनासम्बन्धी घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस