Techie IT
२०८२ वैशाख ६, शनिबार

कपिलवस्तु र रूपन्देहीमा डुबेर दुई बालकको मृत्यु


कपिलवस्तु र रूपन्देहीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३ सानो सिसनियास्थित गोल्ड इँटा भट्टामा काम गर्ने भारत गोरखपुर फटलाईजरका झिनक निसादका ९ महिनाका छोरा दिवांश निसादको शनिबार दिउँसो पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । अशक्त भएका उनलाई उपचारका लागि अलसेक अस्पताल लबनी लगिएकोमा मृत्यु पुष्टि भएको थियो ।

यस्तै, रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बदेलपोखरी बस्ने यम बहादुर कामु मगरका ७ वर्षीय छोरा विपिन कामु मगरको शनिबार बेलुकी कल्भर्टमा डुबेर मृत्यु भएको छ । उपचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको निधन भएको हो ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट