आज संवैधानिक परिषद् बैठक: प्रधानन्यायाधीशको सिफारिसको योजना
सोमबार साँझ संवैधानिक परिषद् बैठक बस्दैछ। शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिसको विषयमा थप अध्ययन र छलफल गर्न

सोमबार साँझ संवैधानिक परिषद् बैठक बस्दैछ। शुक्रबारको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिसको विषयमा थप अध्ययन र छलफल गर्न निर्णय गरिसकेपछि आजको बैठकको समय निर्धारण गरिएको हो।
बैठकमा सदस्यहरूले निर्णयलाई विवादरहित बनाउन पर्याप्त अध्ययन र छलफल आवश्यक रहेको सुझाव दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे बैठक बोलाएका छन्।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि आगामी असोज १९ गते समाप्त हुँदैछ। रिक्त हुने पदमा परिषद्ले वरिष्ठतम् न्यायाधीशहरूमध्येबाट नाम सिफारिस गरी सङ्घीय संसदमा संसदीय सुनुवाइ समितिमा पठाउनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने यो बैठकमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता, र उपसभामुख सहभागी हुनेछन्।
तपाईको प्रतिक्रिया दिनुहोस