Techie IT
२०८२ वैशाख ८, सोमबार

‘धरान रन’को उपाधि केन्याली धावकलाई


सुनसरी । केन्याली धावकद्वय विल्सन चियुलियोट र शरन जेरोटिसले ‘धरान रन’को उपाधि चुमेका छन् । आज यहाँ सम्पन्न १३औँ धरान १० किलोमिटर रनमा उनीहरूले उपाधि चुमेका हुन् ।     
    
दश किलोमिटर दौड चियुलियोटले ३० मिनेट ५५ सेकेण्डमा पूरा गरेभने जेरोटिसलाई उक्त दूरी पूरा गर्न ३८ मिनेट ४२ सेकेण्ड लागेको थियो । धावकद्वयलाई नगद रु.६० हजार पुरस्कार प्रदान गरिएको छ । 

पुरुषतर्फ जुलियस मार्युकीले ३१ मिनेट ८ सेकेण्डमा दौड पूरा गरेभने महिलातर्फ सुमित्रा कुमारी चौधरीले ३९ मिनेट २८ सेकेण्डमा दौड पूरा गरेर दोस्रो स्थान सुनिश्चित गरिन् । उनीहरूलाई पनि समान नगद रु.४० हजार पुरस्कार प्रदान गरिएको छ ।     
    
धावक दुर्गा बुद्धले ३२ मिनेट ४४ सेकेण्ड र दिपा परियारले ३९ मिनेट ५९ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो स्थान हासिल गरे । उनीहरुलाई नगद रु.३० हजार प्रदान गरिएको थियो ।     
    
प्रतियोगितामा चार हजार धावक सहभागी थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट