Techie IT
२०८२ वैशाख ८, सोमबार

आजको मौसम: धेरैजसो क्षेत्रमा भारी वर्षा हुने सम्भावना

देशभर मनसुनी वायुको प्रभाव जारी छ। पश्चिम बङ्गाल र आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको कारण मनसुनी वायुको असर जारी रहेको छ।


देशभर मनसुनी वायुको प्रभाव जारी छ। पश्चिम बङ्गाल र आसपासको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव नेपालमा परेको कारण मनसुनी वायुको असर जारी रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल देशभर आंशिकदेखि साधारणतया बदली छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी, र कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने संभावना रहेको छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना पनि छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। बागमती, गण्डकी, र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।

 

कोशी प्रदेशका तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकोले, ती क्षेत्रमा हुने संभावित आपतकालीन परिस्थितिहरू—जस्तै, गेग्रान बहाव, बाढी, पहिरो, र भू-क्षय—बाट जोगिन विभागले सावधानी अपनाउन आग्रह गरेको छ। साथै, यी परिस्थितिहरूले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक, र हवाई यातायातमा आंशिक असर पार्न सक्छ, त्यसैले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट