Techie IT
२०८२ वैशाख ११, बिहीबार

यी हुन् नेपाली काङ्ग्रेस निकट सिडेनका उम्मेदवारहरु


नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)ले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । 

भदौ २८ गते हुने ३४ औं नेपाल इञ्जिनियर्स एसोसिएसनको केन्द्रिय कार्यकारिणी समिति र तेस्रो प्रादेशिक कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहले सहमतिमै प्यानल टुंगो लगाएको हो। इञ्जिनियर सुवास चन्द्र बरालको नेतृत्वमा प्रकाश केसी उपाध्यक्ष र विनोद प्रकाश पण्डित महासचिव, उपमहासचिव अनिल मानन्धर, कोषाध्यक्ष सुमन थापा र सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल छन् । सदस्यहरूमा यमकृष्ण पौडेल, प्रभुराम पोखरेल, एमेन्द्र गुरुङ,अनिल पौडेल, संजय कुमार साह, नेत्र प्रसाद देवकोटा, भैरव धिताल, सुजन श्रेष्ठ, लोकेन्द्र अधिकारी,विक्रम कुमार दास, प्रियंका गुप्ता र जयकिसुन राय छन् । इन्जिनियरिङ एसोसिएसनमा यसअघि लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट