Techie IT
२०८१ चैत्र ३०, शनिबार

अन्तरजातीय विवाह गर्ने दम्पतीलाई जलजला गाउँपालिकाद्वारा नगदसहित सम्मान


पर्वत – जातीय विभेद र छुवाछूत अन्त्यको सन्देश प्रवाह गर्न पर्वतको जलजला गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दम्पतीलाई नगदसहित सम्मान गर्ने भएको छ ।

गाउँपालिकाले २०७४ सालपछि विवाह गरेका पालिकाभित्रका अन्तरजातीय दम्पतीलाई प्रोत्साहनस्वरूप सम्मान गर्न लागेको हो । प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले जातीय विभेद, कुरीति र कुसंस्कार अन्त्य गरी समावेशी तथा छुवाछूतमुक्त गाउँपालिका बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । “अहिले पनि समाजमा जातीय विभेद र हिंसा कायम हुनु दुःखद विषय हो। यस्तो अवस्थाको अन्त्य गर्न हामीले सकारात्मक कदम चालेका हौं,” उनले भने ।

गाउँपालिका अध्यक्ष राजु आचार्यले यस कार्यक्रमले समाजमा विद्यमान छुवाछूत र जातीय विभेद हटाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। “यसले समाजमा एकता र सहिष्णुता बढाउने छ,” अध्यक्ष आचार्यको भनाइ छ ।

पालिकाले बिहीबार सूचना जारी गर्दै २०७४ सालपछि विवाह गरेका दम्पतीलाई १५ दिनभित्र निवेदन दिन वा सम्पर्क गर्न आग्रह गरेको छ। प्राप्त आवेदनका आधारमा प्रोत्साहन रकमको व्यवस्था गरिने अध्यक्ष आचार्यले जानकारी दिए।

आर्थिक वर्ष २०८१/८२ को लक्षित वर्गतर्फको स्वीकृत वार्षिक बजेटअन्तर्गत जिल्लामा पहिलोपटक यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट