Techie IT
२०८२ वैशाख १०, बुधबार

सन् २०२४ मा रुसमा १,०७५ जनालाई आतङ्कवादी अभियोगमा सजाय : पुटिन


रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष (सन् २०२४) मा रुसी सैन्य अदालतहरूले एक हजार ७५ जनालाई आतङ्कवादी अभियोगमा सजाय दिएको बताएका छन् । बिहीबार रुसी सर्वोच्च न्यायाधीशहरूलाई सम्बोधन गर्दै पुटिनले युक्रेन आक्रमणका क्रममा यस्ता मुद्दाहरूमा उल्लेखनीय वृद्धि भएको जानकारी दिए ।

सैन्य अदालतहरूले युक्रेनी सैनिकहरू, मस्कोको सेनाविरुद्ध तोडफोड गरेको आरोप लागेका रुसी नागरिकहरू, घरेलु विरोधीहरू, र आतङ्कवादी समूहहरूमाथि मुद्दा चलाउँदै आएका छन् । पुटिनका अनुसार, "आतङ्कवादी प्रकृतिका फौजदारी मुद्दाहरूको फैसला गर्न सैन्य अदालतहरूको महत्त्वपूर्ण भूमिका छ । गत वर्ष मात्र करिब ९५० यस्ता मुद्दा हेरीएका थिए ।"

युक्रेन आक्रमणको विरोध गर्नेहरूलाई रुसले नियमित रूपमा राजद्रोह र आतङ्कवादी आरोपमा कारबाही गर्दै आएको छ । जेनेभा महासन्धिले युद्धबन्दीहरूमाथि यस्ता अभियोग लगाउन निषेध गरे पनि मस्कोले युक्रेनी सैनिकहरूलाई सजाय दिन जारी राखेको छ ।

सन् २०२४ मार्चमा मस्को कन्सर्ट हलमा भएको आक्रमणपछि रुसले जिहादी समूहहरूलाई लक्षित गरेको छ। इस्लामिक स्टेटले दावी गरेको उक्त आक्रमणमा १४५ जनाको ज्यान गएको थियो ।

मानवअधिकार समूह ओभिडी–इन्फोका अनुसार हाल एक हजार ४०० जना रूसी नागरिक राजनीतिक कारणले जेलमा छन् । रुसले पूर्वी युक्रेनमा कब्जा गरेका क्षेत्रहरूमा सयभन्दा बढी अदालत स्थापना गरेको र ५७० न्यायाधीश नियुक्त गरेको जानकारी पुटिनले दिए ।

सैन्य र नागरिक दुवै अदालतले यस्ता मुद्दाहरूको बन्द इजलासमा सुनुवाइ गर्ने भएकाले कारबाहीको वास्तविक अवस्था सार्वजनिक हुन कठिन रहेको बताइएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट