Techie IT
२०८२ वैशाख ८, सोमबार

माओवादीप्रति जनताको आकर्षण वृद्धि भएको छ: वर्षमान पुन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पछिल्ला दिनहरूमा आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन्।


 नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पछिल्ला दिनहरूमा आफ्नो पार्टीप्रति जनताको आकर्षण बढेको दाबी गरेका छन्।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दिवङ्गत नेता पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई सम्बोधन गर्दै उनले माओवादी पार्टी जनतामाझ थप स्थापित हुँदै गएको र आकर्षणमा वृद्धि भएको बताए।

पूर्वमन्त्री समेत रहेका नेता पुनले माओवादी केन्द्रको विषयमा चिन्ता नगर्न र संख्या नतोक्न आग्रह गर्दै आगामी दिनहरूमा आफूहरू थप सबल र सक्षम बन्ने विश्वास व्यक्त गरे। उनले नेपाली जनतालाई मूर्ख नठान्न र नहेप्न सचेत गराए।

उनका अनुसार, पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले लोकतन्त्रको सेवा र पुनः ब्राण्डिङ गर्न सुरु गरेको छ र सुशासनको पक्षमा प्रभावकारी कदम चालेको छ।

नेता पुनले पूर्ववर्ती सरकारले भ्रष्टाचार र राज्य दोहनविरुद्ध प्रभावकारी कदम चालेको र यसलाई नेपाली जनताले आत्मसात् गरेको टिप्पणी गरे। कार्यक्रममा माओवादी केन्द्रका नेता र कार्यकर्ताहरूको उपस्थिति थियो।

 

 

 

 

 

 

 

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट