नेपालभर अवैध लागूऔषध कारोबारमा बढोत्तरी, प्रहरीले ११ स्थानमा १६ जनालाई पक्राउ

फागुन ७ – नेपालको विभिन्न स्थानहरूमा अवैध लागूऔषध नियन्त्रणका लागि प्रहरीले ठूलो अभियान चलाएको छ । मंगलबार र बुधबार विभिन्न स्थानहरूमा गरिएको अभियानमा ११ स्थानहरूबाट १६ जनालाई अवैध लागूऔषध सहित पक्राउ गरिएको छ ।
काठमाडौं , माछापोखरीस्थित होटल ग्रिष्माबाट २८ ग्राम ५७ मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित ४० वर्षीय दिपक राय र एक अन्यलाई पक्राउ गरिएको छ। प्रहरीले होटलमा तलाशी लिँदै उक्त पदार्थ फेला पारेका थिए ।
मोरङ , बिराटनगर महानगरपालिका-१५, एक नम्बर ढाँटबाट १ ग्राम ४ सय मिलिग्राम खैरो हेरोइन जस्तो पदार्थ सहित २८ वर्षीय संजिव जिमि र २४ वर्षीय अभिषेक तामाङ पक्राउ गरिएको छ। उनीहरू भारतबाट नेपालतर्फ पैदल आउँदै थिए।
कैलाली , धनगढी उपमहानगरपालिका-५, यातायात कार्यालय पछाडि ३१ ग्राम ७ सय ३० मिलिग्राम ब्राउनसुगर र २ किलो १ सय ७५ ग्राम चरेश सहित २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा पक्राउ गरिएको छ ।
सिराहा , सिरहा नगरपालिका-१७ कालिन्चोक चेकप्वाईन्टमा ४ सय ५० मिलिग्राम खैरो हेरोइन सहित ४३ वर्षीय सत्यन्द्र पंजियार र २० वर्षीय सरोज कुमार साह पक्राउ भएका छन्। उनीहरू भारतबाट नेपालतर्फ आउँदै थिए ।
बर्दिया , बढैयाताल गाउँपालिका-७ कर्णालीपुलबाट १ सय २० मिलिग्राम ब्राउनसुगर सहित २९ वर्षीय दिपक थापा पक्राउ गरिएको छ ।
बाँके , डुडुवा गाउँपालिका-५, कम्दी बालापुर बस्ने ३७ वर्षीय राम चरण बर्मालाई २४ ग्राम ७ सय ६० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको छ ।
दाङ , घोराही उपमहानगरपालिका-१५ बाट ७ सय १० मिलिग्राम ब्राउनसुगर सहित २६ वर्षीय सुवास विक, २६ वर्षीया सुनिता घर्ती र २४ वर्षीया सोनु विकलाई पक्राउ गरिएको छ ।
सुनसरी, कोशी गाउँपालिका-१ भन्सार टोलबाट ८ ग्राम ५० मिलिग्राम खैरो हेरोइन सहित २७ वर्षीय सुरज कुमार ठाकुर पक्राउ भएका छन् ।
प्रहरीले पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको छ र अन्य स्थानहरूमा पनि अवैध लागूऔषध कारोबारको सन्देश रोक्नको लागि कारवाही जारी राख्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया दिनुहोस