करेन्ट लागेर मृत्यु

बुद्धशान्ति गाउँपालिका-३ आठ नम्बर चोक बस्ने ४३ वर्षीय बल बहादुर फागो लिम्बुको करेन्ट लागेर मंगलबार साँझ मृत्यु भएको छ । पानी तान्ने विद्युतिय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस