खोलामा डुबेर मृत्यु

फतुवा बिजयपुर नगरपालिका-८ बिजयपुर टोल बस्ने शेख ओजेरकी छोरी २ वर्षीया अलिसा खातुनको घरको नजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको नेश्नल अस्पताल बिजयपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वा बस्ने रामध्यान मुखिया बिनकी छोरी १४ महिनाकी श्रृष्टी कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुकी मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया दिनुहोस