Techie IT
२०८२ वैशाख ६, शनिबार

देशभर तीन फरक सडक दुर्घटनामा ३ जनाको मृत्यु, ५ घाइते


देशका विभिन्न स्थानमा मंगलबार भएका छुट्टाछुट्टै तीन सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

काठमाडौंमा साइकलयात्रीको ज्यान गयो

काठमाडौं महानगरपालिका-१ विश्वज्योती हल नजिक भोटाहिटीबाट त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकल यात्री अम्बर बहादुर बोगटीको मृत्यु भएको छ ।

५६ वर्षीय बोगटीको घर ओखलढुंगा र बसोबास डल्लु, काठमाडौंमा थियो ।
गम्भीर घाइते भएका उनलाई राष्ट्रिय ट्रमा सेन्टरमा पुर्‍याइए पनि उपचारको क्रममा निधन भयो ।
घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेमा मिनिबस दुर्घटनामा भारतीय नागरिकको मृत्यु

बाँकेको बैजनाथ गाउँपालिका-१, १५ नम्बर मोड नजिक जुम्लाबाट नेपालगञ्जतर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ७४७१ नम्बरको मिनिबस अनियन्त्रित भई दुर्घटना हुँदा भारत बिहार निवासी उमेश शाहको मृत्यु भएको छ ।

शाहको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा निधन भएको हो ।
बसमा सवार अन्य ५ जना घाइते छन् र सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि बस चालक फरार रहेका छन् र प्रहरीले खोजी जारी राखेको छ ।

 रोल्पामा टिपर खस्दा चालकको ज्यान गयो

रोल्पाको माडी गाउँपालिका-२, घर्तीगाउँस्थित सडकमा दारबोटतर्फ जाँदै गरेको ना.८ ख ७२७६ नम्बरको टिपर सडकबाट करिब १०० मिटर तल खस्दा चालक जिते कुमारको मृत्यु भएको छ ।

३६ वर्षीय कुमारको घर बारा निजगढ नगरपालिका-५ मा रहेको थियो ।
सडक दुर्घटनासम्बन्धी सबै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट