आजको राशिफल - फागुन ८

आज विक्रम संवत २०८१ साल फाल्गुन ८ गते, बिहीबार । माघ शुक्ल पक्षको सप्तमी उपरान्त अष्टमी तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी २० तारिख । नेपाल संवत् ११४५ । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३९ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५७ मिनेट । दिनमान २८ घडी १६ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयारपार्नुभएको आजको राशीफल:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन स्वास्थ्यमा विशेष ध्यान दिनुहोस् । खानपानको असावधानीले पेट सम्बन्धी समस्या आउन सक्छ भने वातावरणको अस्वच्छताले संक्रमणको सम्भावना छ । सरकारी काम गर्दा सचेत रहनुहोला, कागजी प्रक्रियामा गल्ती हुँदा जरिवाना वा काम रोकिन सक्छ । व्यवसायमा अपेक्षा गरेअनुसार आम्दानी नहुन सक्छ, त्यसैले खर्च नियन्त्रण गर्नु उत्तम हुनेछ । साथीभाइ वा आफन्तको सल्लाह नमान्दा समस्या पर्ने सम्भावना छ । अध्ययनमा ध्यान नदिँदा प्रतिस्पर्धामा पछि पर्नुहुनेछ । शेयर बजार र वित्तीय क्षेत्रमा लगानी गर्नुभएका व्यक्तिहरूलाई सानो मात्रामा भए पनि नाफा प्राप्त हुने संकेत छ ।
बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज लामो दुरीको यात्रा गर्नुपरे खर्च बढी हुनसक्छ, तर यात्राबाट नयाँ अनुभव प्राप्त हुनेछ । माया प्रेम र जीवनसाथीसँगको सम्बन्धमा केही दूरी महसुस हुन सक्छ । साझेदारीमा गरिएको व्यापारमा अविश्वासको स्थिति आउन सक्छ, त्यसैले कुनै नयाँ लगानी नगर्नु उचित हुनेछ । पढाइमा भने ध्यान जानेछ र अध्ययनकै कारण यात्रा हुनसक्छ । विलासी सामान वा उपहार प्राप्त हुने सम्भावना रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
स्वास्थ्यतर्फ ध्यान पुर्याउनुहोस्, विशेष गरी पुराना रोगहरू फेरि बल्झन सक्छन् । आजको दिन नयाँ लगानी नगर्नु उपयुक्त हुनेछ । प्रेम सम्बन्धमा आत्मीयता बढ्न सक्छ र आफ्ना भावनाहरू खुलेर व्यक्त गर्न सकिने समय हो । कानुनी मामिलामा सफलता प्राप्त हुने संकेत छ । व्यापार, उद्योग र शेयर बजारको क्षेत्रमा लगानी गरेका व्यक्तिहरूलाई लाभ मिल्नेछ । मावली वा नजिकका आफन्तबाट आर्थिक सहयोग पाइने योग रहेको छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार व्यवसायमा लगानी गरेअनुसार आम्दानी प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार देखिने भएकाले आफन्तहरू खुशी हुनेछन् । माया प्रेममा निकटता बढ्नेछ । परिवार तथा आत्मीय मित्रहरूसँग रमाइलो यात्राको योजना बन्न सक्छ । सामाजिक काममा सक्रिय भई सबैको समर्थन प्राप्त गर्दा मन प्रशन्न रहनेछ । प्रिय व्यक्तिबाट उपहार प्राप्त भएपछि दिन झनै उल्लासमय बन्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अध्ययन र अध्यापनमा सफलता पाउन अझ बढी मेहनत गर्नुपर्नेछ । आमा वा नजिकका आफन्तबाट लाभदायी सल्लाह प्राप्त हुनेछ । कृषिमा लगानी गर्नेहरूका लागि राम्रो आम्दानीको संकेत छ । सामाजिक काममा समय दिन सक्नुभयो भने सबैको विश्वास जित्न सक्नुहुन्छ । सवारी साधनको खरिद बिक्री वा व्यापारमा लाग्नुभएको छ भने आजको दिनबाट फाइदा उठाउन सक्नुहुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
परिवारमा सानोतिनो विवादले तनाव सिर्जना हुनसक्छ, विशेष गरी दाजुभाइ वा आफन्तसँग असमझदारी बढ्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ, विशेष गरी रक्तचाप वा पेट सम्बन्धी कुरामा सचेत रहनुहोस् । हतार र आटको कमीले महत्वपूर्ण काम हातबाट फुत्कन सक्छ । यद्यपि, व्यवसाय वा वित्तीय क्षेत्रमा लगानी गरेर आम्दानी बढाउन सकिनेछ । प्रेममा रमाउनेहरूका लागि रमाइलो यात्राको अवसर जुर्न सक्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परिवार र नजिकका व्यक्तिबाट काममा सहयोग प्राप्त हुनेछ । आम्दानीका नयाँ स्रोत खुल्नेछन् र पुराना रोकिएका रकम फिर्ता आउने सम्भावना छ । श्रमको उचित मूल्यांकन हुने भएकाले काममा झन उत्साह बढ्नेछ । पढाइमा प्रगति हुनेछ र नयाँ ज्ञान सिक्न चाहनेका लागि उत्तम समय रहनेछ । आयआर्जन बढ्ने हुँदा आर्थिक अवस्था मजबुत बन्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
महत्वपूर्ण काम सुरुवात गर्नुपूर्व तयारी राम्रोसँग गर्नुहोस्, नत्र परिणाम प्रतिकूल हुन सक्छ। प्रेम सम्बन्धमा दूरी कायम गर्नु नै उपयुक्त हुनेछ, किनभने विवादको सम्भावना देखिन्छ । घर परिवारमा पनि मानमुटाव हुनसक्छ, विशेष गरी आफन्तहरूसँग । विदेश यात्राको सम्भावना बलियो छ भने विदेशी सामानको व्यापार लाभदायी बन्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ, जसले अनावश्यक खर्च बढाउनेछ ।
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आर्थिक दृष्टिले अत्यन्त राम्रो समय रहेको छ । अधुरा रहेका कामहरू पूरा हुनेछन् र व्यापार वा पशुपालनबाट मनग्ये आम्दानी प्राप्त हुनेछ । परिवारमा शुभकार्यको आयोजना हुनेछ र सन्तान सुख प्राप्त हुने संकेत छ । पढाइमा राम्रो परिणाम हात लाग्दा मन प्रशन्न रहनेछ । माया प्रेममा सम्बन्ध झनै बलियो बन्नेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
आज इच्छाशक्ति बढ्ने भएकाले प्रयास गरेको काममा सफलता पाउनुहुनेछ । समयको सदुपयोग गर्दै मनग्ये लाभ लिन सकिनेछ । साथीभाइ र आफन्तको सहयोगले प्रतिष्ठा र सम्मान बढ्नेछ । नयाँ लुगा र स्वादिष्ट खानाको आनन्द लिने अवसर प्राप्त हुनेछ । परिवारमा आपसी आत्मीयता बढ्नाले खुशीको वातावरण बन्नेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा)
धार्मिक तथा अध्यात्मिक गतिविधिमा रुचि बढ्नेछ । कार्यक्षेत्रमा सहकर्मीको सहयोगले सफलता हात लाग्नेछ । लामो दुरीको धार्मिक वा शैक्षिक यात्राको सम्भावना रहेको छ । जीवनसाथीको साथ र समर्थनले काममा थप उर्जा मिल्नेछ । परिवार र आफन्तसँग समय बिताउँदै रमाइलो यात्रामा जान सकिनेछ । धन र सुख समृद्धिमा बृद्धि हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
व्यापार व्यवसायमा लगानी गर्नुभन्दा प्रतिक्षा गर्नु उचित हुनेछ, किनभने घाटाको सम्भावना देखिन्छ। पारिवारिक विवाद वा आफन्तबीचको सम्बन्धमा खटपट हुनसक्छ। काम समयमा पूरा नहुँदा तनाव बढ्नेछ। आर्थिक व्यवस्थापनमा कमजोरीले घरायसी समस्या निम्त्याउन सक्छ । पढाइ लेखाइमा ध्यान नदिँदा प्रतिस्पर्धामा पछि पर्न सकिन्छ, त्यसैले समयको सदुपयोग गर्नुहोस् ।
तपाईको प्रतिक्रिया दिनुहोस