आजको मौसम: कोशी, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा वर्षा
हालको मौसम स्थिति अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास रहेको छ र पश्चिम बंगाल र वरिपरिका न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि छ।

हालको मौसम स्थिति अनुसार, मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको आसपास रहेको छ र पश्चिम बंगाल र वरिपरिका न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि छ।
आइतबार दिउँसो, देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी, बागमती, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ, र कोशी प्रदेशका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना छ।
आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ, र कोशी, बागमती, र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने संभावनाका कारण, त्यहाँका सर्वसाधारणलाई सतर्क रहन विभागले अनुरोध गरेको छ।
तपाईको प्रतिक्रिया दिनुहोस