Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फागुन ७ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन ७ गते, बुधबार । ईश्वी सन् २०२५ फेव्रुवरी १९ तारिख । नेपाल संवत् ११४५ । माघ शुक्ल पक्षको सप्तमी तिथि। प्रजातन्त्र दिवस । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५६ मिनेट । दिनमान २८ घडी १२ पला । रैवारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज विभिन्न कारणले कामहरू रोकिन सक्छन्, जसले मानसिक तनाव बढाउन सक्छ। व्यवसायमा भनेजस्तो आम्दानी नहुनाले निराशा लाग्न सक्छ। साझेदारीमा लगानी गर्नेहरुले विशेष ध्यान दिनुहोला, किनकि साझेदारबीच मनमुटावको सम्भावना छ। यात्रामा जानु परेमा सतर्क रहनुहोस्, बाटोमा असहजता र अनावश्यक खर्च हुने योग छ। प्रेम सम्बन्धमा खटपट हुन सक्ने भएकाले संयमित बन्नु उचित हुनेछ। अध्ययनमा मन नलाग्न सक्छ, तर समयको सदुपयोग गर्नु उत्तम हुनेछ।

बृष (इ, य, ए, ओ, वा, वि, वु, वे, वो)
प्रतिष्ठित व्यक्तिसँगको प्रतिस्पर्धामा सफलता हात लाग्नेछ। परिवार र आफन्तसँगको भेटले उत्साह जाग्नेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ, र पति-पत्नीबीचको सम्बन्ध थप बलियो हुनेछ। पारिवारिक जमघटमा मिष्ठान्न भोजनको अवसर मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यक्रमहरूमा भाग लिन सकिनेछ, जहाँ तपाईंको प्रस्तुति सराहनीय बन्नेछ। आर्थिक पक्ष सुदृढ रहनेछ र व्यापारमा उन्नति हुनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
शिक्षा क्षेत्रसँग सम्बन्धित कामबाट लाभ मिल्नेछ। सन्तान सुख र प्रगति देख्न पाइने समय हो। धर्म, शास्त्र र अध्यात्मप्रति आकर्षण बढ्नेछ, जसले मानसिक शान्ति प्रदान गर्नेछ। प्रेम जीवनमा मिठास आउनेछ र उपहार पाइने सम्भावना छ। नयाँ कामको अवसर आउन सक्छ भने जागिरमा बढुवा हुने योग बलियो छ। आर्थिक पक्ष सबल रहनेछ, जसले आत्मविश्वास बढाउनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन समाजसेवा र परोपकारमा बित्न सक्छ। अरुको काममा समय खर्चिँदा आफ्ना महत्वपूर्ण काम पछि पर्ने सम्भावना छ, त्यसैले प्राथमिकता निर्धारण गर्नु उत्तम हुनेछ। माया प्रेममा तिक्तता आउन सक्छ भने जीवनसाथीसँग विवाद हुन सक्छ। सामान्य स्वास्थ्य समस्या देखा पर्न सक्छ, ध्यान दिनुहोस्। कृषि र पशुपालनमा लगानी गर्दा राम्रै आम्दानी हात लाग्नेछ। अध्ययनमा मन केन्द्रित गर्न नसक्दा पछि पर्न सक्नुहुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सानो प्रयासले उल्लेखनीय उपलब्धि मिल्नेछ। प्रतिस्पर्धामा सफलता मिलेर आत्मविश्वास बढ्नेछ। दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार आउनेछ। व्यापार व्यवसायमा मुनाफा बढ्नेछ, विशेषगरी आफन्तसँग मिलेर गरिएको कारोबार फाइदाजनक हुनेछ। अध्ययन र यात्रामा प्रगति मिल्ने समय हो। रमाइलो यात्राको योजना सफल भएर सकारात्मक नतिजा हात लाग्नेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कला, संगीत र साहित्यमा रुचि राख्नेहरूका लागि शुभ समय छ। प्रेम सम्बन्ध अझ प्रगाढ बन्नेछ। समयमै काम सक्न सक्दा नयाँ अवसरहरू पाउने सम्भावना छ। व्यापार व्यवसायमा मुनाफा बढ्नाले मन प्रसन्न हुनेछ। अध्ययन तथा अनुसन्धानमा प्रगति हुने र बौद्धिक क्षमता बढ्ने समय हो। परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ भने नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द लिन सकिनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन प्रेम र मित्रताको बन्धन कसिलो बन्नेछ। काममा सहजता रहनेछ र अप्ठ्याराहरू सजिलै समाधान हुनेछन्। आफन्त र साथीभाइसँगको भेटले मन हलुका बनाउनेछ। विलासी वस्तुहरूको प्रयोगले आत्मविश्वास बढ्नेछ र आकर्षणको केन्द्र बन्न सक्नुहुन्छ। उपहार प्राप्त हुने सम्भावना छ। पढाइमा ध्यान केन्द्रित गर्दा राम्रो नतिजा हात लाग्नेछ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समयको सदुपयोग नगर्दा महत्वपूर्ण अवसर गुम्न सक्छ। तयारीबिना काम सुरु गर्दा नोक्सान हुने सम्भावना छ, त्यसैले सोचविचार गरी अघि बढ्नुहोस्। प्रेम सम्बन्धमा केही चुनौती आउन सक्छ, र घरपरिवारमा पनि मनमुटाव हुने संकेत देखिन्छ। विदेश यात्राको सम्भावना छ भने विदेश व्यापार फस्टाउनेछ। स्वास्थ्यमा समस्या आउनसक्ने भएकाले खानपानमा ध्यान दिनुहोला।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
अधुरा योजनाहरू पूरा हुनेछन् र आर्थिक पक्ष बलियो बन्नेछ। व्यापार र पशुपालन व्यवसायबाट राम्रो लाभ पाइनेछ। परिवारमा शुभ कार्यको आयोजना हुने सम्भावना छ। सन्तान सुख मिल्ने र पढाइमा उत्कृष्ट नतिजा प्राप्त हुनेछ। प्रेम जीवन प्रगाढ बन्नेछ भने दाजुभाइको सहकार्य लाभदायी हुनेछ। विपक्षी सक्रिय भए तापनि सतर्कता अपनाउँदा सफलता हात लाग्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
आज इच्छाशक्ति बलियो हुनेछ र काममा उत्साह बढ्नेछ। प्रयास गर्दा छोटो समयमै लक्ष्य प्राप्त गर्न सक्नुहुन्छ। साथीभाइको सहयोगले मनग्गे फाइदा हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ र नयाँ वस्त्र तथा स्वादिष्ट भोजनको मजा लिन सकिनेछ। प्रेम र पारिवारिक सम्बन्धमा मधुरता आउनेछ। संकटको घडीमा परिवारको साथ पाइनेछ, जसले आत्मबल बढाउनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
धार्मिक र अध्यात्मिक कार्यमा रुचि बढ्नेछ। कार्यक्षेत्रमा सहकर्मीको साथ पाउँदा लक्ष्य प्राप्त गर्न सजिलो हुनेछ। लामो दूरीको यात्रा लाभदायी हुनेछ। प्रेम जीवनमा स्थायित्व आउनुका साथै परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। धनधान्यमा वृद्धि भई समृद्धि अनुभव गर्न सकिनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आजको दिन लगानीका लागि उपयुक्त छैन, घाटा लाग्न सक्छ। परिवारमा विवाद बढ्न सक्ने भएकाले बोल्दा विचार गर्नुहोला। आर्थिक व्यवस्थापनमा कमजोरी देखिएला, सतर्क रहनुहोस्। पढाइमा ध्यान नदिँदा पछि परिने खतरा छ। धार्मिक काममा सहभागी हुँदा मन हलुका बन्नेछ र मानसिक शान्ति प्राप्त हुनेछ।

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट