Techie IT
२०८२ वैशाख ६, शनिबार

केआइआइटीमा प्रकृतिको मृत्यु प्रकरणमा जोडिएका शीर्ष अधिकारी ‘जेल मुक्त’, न्यायमा प्रश्नचिन्ह!


ओडिशाको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा आइतबार नेपाली छात्रा प्रकृति लम्सालको शंकास्पद मृत्युपछि पक्राउ परेका तीन निर्देशक र दुई सुरक्षाकर्मीलाई अदालतले मंगलबार धरौटीमा रिहा गरेको छ ।

भुवनेश्वरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी-२ (जेएमएफसी-२) अदालतले उनीहरूलाई जनही २० हजार भारतीय रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । पक्राउ परेका व्यक्तिहरूमा केआइआइटीका मानव संसाधन महानिर्देशक शिवानन्द मिश्रा (५९), प्रशासन निर्देशक प्रताप कुमार चम्पती (५१), छात्रावास निर्देशक सुधीर कुमार रथ (५९), सुरक्षागार्ड रमाकान्त नायक (४५) र जोगेन्द्र बेहरा (२५) रहेका छन् ।

घटनापछि विश्वविद्यालयमा विद्यार्थीहरूको आक्रोश चुलिएको छ । विद्यार्थीहरूले मौन प्रदर्शन गर्दै नेपाली छात्राहरूलाई कुटपिट गरिएको र जबरजस्ती छात्रावासबाट निकालिएको आरोप लगाएका छन् । स्रोतका अनुसार, विश्वविद्यालयका कर्मचारी र सुरक्षाकर्मीले आक्रमणमा संलग्न रहेको उल्लेख गरिएको छ ।

यसैबीच, प्रकृतिको मृत्यु प्रकरणमा उनका साथी अड्विक श्रीवास्तवलाई प्रहरीले न्यायिक हिरासतमा राखी अनुसन्धान गरिरहेको छ ।

घटनाको गम्भीरता बुझ्दै ओडिशा सरकारले मंगलबार उच्चस्तरीय छानबिन समिति गठन गरेको छ । गृह विभागका अतिरिक्त मुख्य सचिवको नेतृत्वमा बनेको उक्त समितिमा महिला तथा बाल विकास र उच्च शिक्षा विभागका अधिकारीहरू सदस्य छन् । समितिले घटनाका सबै पक्षबारे छानबिन गरिरहेको बताइएको छ ।

सरकारले संलग्न सुरक्षाकर्मीहरूलाई तत्काल गिरफ्तार गरेको छ भने घटनामा संलग्न रहेका अधिकारीहरूलाई निलम्बन गरिएको ओडिशा सरकारले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट