Techie IT
२०८१ चैत्र २०, बुधबार

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


लुम्बिनी  प्रदेश  सरकारको  सिफारिसमा  प्रदेश  प्रमुख  कृष्णबहादुर  घर्तीमगरले  प्रदेशसभाको  पाँचौँ  अधिवेशन  अन्त्य  गर्नुभएको  छ  ।  नेपालको  संविधानको  धारा  १८३  को  उपधारा  (२)  बमोजिम  फागुन  ६  गते  राति  १२ः००  बजेदेखि  लागू  हुनेगरी  अधिवेशन  अन्त्य  गरेका छन् ।  

गत  पुस  १६  गतेदेखि  सुरु  भएको  अधिवेशनमा  ११  पटक  बैठक  भएको  थियो  ।  प्रदेशसभाका  सचिव  दुर्लभकुमार  पुनमगरका  अनुसार  अधिवेशनबाट  लुम्बिनी  अनुसन्धान  तथा  प्रशिक्षण  प्रतिष्ठान  विधेयक  र  आर्थिक  कार्यविधि  तथा  वित्तीय  उत्तरदायित्व  विधेयक  पारित  भएको  छ  ।  यसअघि  प्रदेश  प्रमुखले  प्रमाणीकरण  नगरी  फिर्ता  पठाएका  प्रदेश  निजामती  सेवा  ऐन,  २०८०  लाई  संशोधन  गर्न  बनेको  विधेयक  र  स्थानीय  निजामती  सेवाको  गठन,  सञ्चालन  तथा  सेवाका  शर्तसम्बन्धी  विधेयक  अधिवेशनबाट  पारित  भएको  थियो  ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट