Techie IT
२०८२ वैशाख ६, शनिबार

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ


विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १२ जना पक्राउ परेका छन् ।

काठमाडौंको बालाजु बाईपासमा २१ वर्षीय रोजेश मगरलाई नोर्फिन, फेनारगन, र डाइजेपाम गरी १५-१५ एम्पुल सहित पक्राउ गरिएको छ । त्यस्तै, बारा पथलैयाबाट मकवानपुरका ३७ वर्षीय सुर्य पाख्रीन १० किलो ५ सय ग्राम गाँजा सहित पक्राउ परेका छन् ।

धरान-१६ पुलचोकका २० वर्षीय निशान तामाङ ट्रामाडोल र स्पास्पेन १ सय ८२-१ सय ८२ ट्याब्लेट सहित पक्राउ परेका छन् ।

कैलालीको धनगढीबाट खैरो हेरोइन र ब्राउनसुगर सहित ६ जना पक्राउ परेका छन्। १९ वर्षीय विनोद गिरी र २३ वर्षीय दिपेन्द्र खाती डोके बजारबाट धनगढीतर्फ जाँदै गर्दा ५ ग्राम १ सय मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका हुन् । लल्लिपुरबाट २७ वर्षीय उपेन्द्र रावलसहित २ जना ९३० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् । त्यस्तै, बि गाउँबाट ३५ वर्षीय शेर बहादुर भण्डारी र २१ वर्षीय आशिष ढाट ८५० मिलिग्राम खैरो हेरोइन सहित पक्राउ परेका छन् ।

सुर्खेत वीरेन्द्रनगर-११ बाट २२ वर्षीय किरण बादी १ ग्राम ८१० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

दाङ तुल्सीपुर-७ बाट २४ वर्षीय जीवनराज खत्री र २० वर्षीय अभिषेक चौधरी १ ग्राम ३७० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ परेका सबै अभियुक्तहरू विरुद्ध आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट