Techie IT
२०८२ वैशाख ७, आइतबार

नेपालभरका विभिन्न स्थानहरूमा १० जनाको मृत्यू


ललितपुर, मोरङ, कैलाली, धादिङ, इलाम, दाङ, तनहुँ, गुल्मी, रामेछाप, र कालिकोटका विभिन्न स्थानहरूमा सोमबार र मंगलबार १० जनाको मृत्यू भएको घटना रिपोर्ट भएको छ ।

ललितपुर: ललितपुर महानगरपालिका-१९, लगनखेलस्थित राजु अवालेको घरमा संचालित भैरव लुम्बिनी तन्दुरी भोजनालयमा काम गर्ने मकवानपुर चित्लाङ घर भएका ६० वर्षीय राम मानन्धर सोमबार मृत अवस्थामा फेला परेका छन् ।

मोरङ: बिराटनगर महानगरपालिका-१ बस्ने ५० वर्षीया मुन्नी मगर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।

कैलाली: जानकी गाउँपालिका-५, नवलपुर बस्ने ३० वर्षीय राम बाहादुर कठरिया आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

धादिङ: त्रिपुरासुन्दरी गाउँपालिका-३, मुलपानीस्थित नाङ्गे डाँडा जंगलमा ८३ वर्षीय खड्ग बहादुर आले सोमबार मृत अवस्थामा फेला परेका छन् ।

इलाम: चुलाचुली गाउँपालिका-१, कटहरे बस्ने ७० वर्षीय डिक बहादुर राई आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।


दाङ: घोराही उपमहानगरपालिका-४, शान्तिनगर घर भई लमही नगरपालिका-५, रातोडाँडा बस्ने ४१ वर्षीय योगेन्द्र बहादुर खत्री लमही नगरपालिका-५ स्थित अजम्मरी सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

तनहुँ: भानु नगरपालिका-३, खहरे बस्ने ८४ वर्षीय बज्र नारायण श्रेष्ठ आँबुखैरेनी गाउँपालिका-१, बरादीस्थित मर्स्याङदी नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मी: कालिगण्डकी गाउँपालिका-४, जोखुम बस्ने ३२ वर्षीय ओम बहादुर राना सोही गाउँपालिका-४, भुतेगैरास्थित खोल्सामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

रामेछाप: मन्थली नगरपालिका-६, सिल्ली बजारस्थित सडकको नालामा २३ वर्षीय सुजन माझी मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

कालिकोट: पचालझरना गाउँपालिका-२, खैरकोट बस्ने ३५ वर्षीय नरेन्द्र कठायत झारचौर भन्ने स्थानमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट