Techie IT
२०८२ वैशाख ८, सोमबार

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उद्घाटन खेलमा म्यानमार विजयी


काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिपमा म्यानमारले उदघाटन खेलमा विजयी भएको छ। 

सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न पहिलो हिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ ले पराजित गरेर विजयी सुरूवात गरेको हो ।

म्यानमारको जितका लागि कप्तान विन थिङ्गे टुन, श्वे वि टुन र सान थउ थउले समान एक गोल गरेका थिए भने एक गोलले पछाडि रहेको अवस्थामा लेबनानका लागि लिला इस्कान्डारले बराबरी गोल फर्काएकी थिइन् । सबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।

दुवै टोलीले केही सुन्दर अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । पहिलो जितसँगै ४ देशसम्मिलित प्रतियोगितामा म्यानमारले तीन अंक जोडेको छ । 

 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट