Techie IT
२०८१ चैत्र ३०, शनिबार

बाजुरा र बारामा सडक दुर्घटना, तीनजनाको मृत्यु


बाजुरा र बारामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।


बुढीगंगा नगरपालिका-२ बल्देस्थित सडकमा धनगढीबाट मार्तडीतर्फ जाँदै गरेको बस (सु.प.प्र.०१-००१ ख ३६८८) को ठक्करबाट ५ वर्षीय नयन पाध्याय को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमा उपचारका क्रममा निधन भएको हो। दुर्घटनामा नयनकी आमा विष्णा पाध्याय घाइते भएकी छन्, जसलाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।


बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ स्थित सडकमा पथलैयाबाट वीरगंजतर्फ जाँदै गरेको ट्रक (ना.६ ख २८९५) ले मोटरसाइकल (ना.४० प ४१९५) लाई ठक्कर दिँदा ३० वर्षीय उदित नारायण झा को मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा निधन भएको हो। मोटरसाइकलमा सवार अर्का व्यक्ति घाइते भएका छन् र सोही अस्पतालमा उपचार भइरहेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट