पदमार्ग अभावमा ओझेलमा धौलागिरि आधार शिविरको पर्यटन सम्भावना

म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा पर्ने धौलागिरि हिमालको आधार शिविर क्षेत्र प्राकृतिक रूपमा मनमोहक र रमणीय भए पनि पर्यटन विकासमा पछाडि परेको छ ।
धौलागिरि आधार शिविरसम्म पुग्ने पदमार्ग अभाव का कारण यहाँको पर्यटन सम्भावना ओझेलमा परेको हो। पर्याप्त पूर्वाधार विकास नहुँदा आन्तरिक तथा विदेशी पर्यटकहरू यो क्षेत्रसम्म पुग्न कठिनाइ महसुस गर्छन् ।
नेपालका उच्च हिमाली आधार शिविरहरूमध्ये महत्वपूर्ण गन्तव्य मानिए पनि आवश्यक संरचना निर्माण नहुँदा धौलागिरि क्षेत्र पर्यटन प्रवर्द्धनमा पछि परेको स्थानीयहरूले बताएका छन् ।
पर्यटन विकासका लागि सम्बन्धित निकायले पदमार्ग निर्माण तथा पूर्वाधार विस्तारमा चासो दिनुपर्ने स्थानीय पर्यटन व्यवसायीहरूको माग छ ।
तपाईको प्रतिक्रिया दिनुहोस