Techie IT
२०८२ वैशाख ७, आइतबार

वर्षा हुने बलियो मौसम प्रणाली छैन


पश्चिमी न्यून चापीय प्रणालीका कारण आज काठमाडौँ उपत्यकासहित देशभर मौसममा बदली आएकाले चिसो बढेको छ ।

मौसम बदली भए पनि यो कमजोर प्राणाली विकसित भएकाले पश्चिम क्षेत्रका केही ठाउँमा छिटपुट वर्षा भएको तर ठूलो पानी नपार्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विगतमा पनि यसैगरी प्रणाली विकास भएको बताउँदै महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले पानी पार्ने खालको भने भएको उल्लेख गरे । आजको प्रणाली पनि त्यसैको निरन्तरता भएको मौसमविद्ले जनाएका छन् ।

वरिष्ठ मौसमविद् मानन्धरले भने, “पश्चिम क्षेत्रमा हल्का छिटपुट वर्षाको सम्भावना छ । आज देशैभर धुम्म बादल लागिरहेको छ, काठमाडौँमा पनि त्यही अवस्था हो, सुुदूरपश्चिम, कर्णालीमा छिटपुट वर्षा हुने भए पनि कमजोर प्रणाली हो । उनले यो हिउँदमा विभिन्न प्रणाली आए पनि वर्षा गराउने प्रणाली भने नआएको बताएका छन् । 

विगतमा वर्षा कम गराउने आकलनअनुसार नै यसपालि वर्षा कम भएको जानकारी दिँदै उनले अझै पनि सुक्खा बढाउने बताए । उनका अनुसार वर्षा गराउने प्रणाली भने कमजोर छ । “मौसम बदली भएसँगै आज पुनः चिसो महसुस गरिएको छ । यद्यपि उपत्यकामा बिहान–बेलुका चिसो कायम छ । हिउँदको बीचमा एकपटक तापक्रम ह्वात्तै बढेको र फेरि घटेको थियो । यो वर्ष यसरी तापक्रममा निकै घटबढ भएको थियो”, मौसमविद् मानन्धरले भने ।

अझै एक साता हालको जस्तै तापक्रम रहने र अर्काे सातादेखि  विस्तारै तापक्रम बढ्दै जाने उनले जानकारी दिएका छन् । “जाडोयाम लागेपछि नेपालमा राम्ररी पानी पर्न सकेको छैन । जसका कारण विभिन्न क्षेत्रका बालीनालीमा असर गरेको छ”, उनले भने । 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट