Techie IT
२०८२ वैशाख ६, शनिबार

सूर्यनारायणको दिन आजको राशिफल (फाल्गुन ४ गते)


आज विक्रिम संवत २०८१ साल फाल्गुन ४ गते, आईतबार । माघ शुक्ल पक्षको चतुर्थी तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु ।काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको फलादेशः

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
आज तपाईंको काममा मामा तथा मावलीबाट सहयोग हुनेछ भने परिवारका आवश्यकताहरू पूरा गर्न सकिनेछ । अदालत तथा न्यायालयबाट हुने न्यायिक निर्णयहरू तपाईंको पक्षमा रहनेछन् । पढाइमा राम्रो उपलब्धि हात लाग्नेछ । व्यापार, शेयर बजार र उद्योगबाट लाभ हुने योग छ । माया प्रेममा सामीप्यता बढ्नेछ भने दाम्पत्य जीवनमा थप आत्मीयता बढ्नेछ ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
अध्ययन तथा अध्यापनका लागि राम्रो समय छ । आम्दानीको तुलनामा खर्च कम हुने,  बचतको अवसर दिलाउनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा लगानी फाइदाजनक रहनेछ । आफन्त तथा प्रियजनबाट उपहार प्राप्त गर्ने योग छ । सन्तानको उन्नति देख्दा हर्ष बढ्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि मिलेजुलेको समय छ । पढाइमा ध्यान केन्द्रित गर्नुपर्नेछ । सवारी साधनको कारोबारमा नाफा कमाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ भने आमाबाट विशेष आशीर्वाद प्राप्त हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
नयाँ आम्दानीका स्रोत फेला पर्नेछन् । व्यापार र शेयर बजारबाट लाभ लिन सकिनेछ । परिवारसँग स्वादिष्ट भोजन गर्ने अवसर मिल्नेछ । दाजुभाइ तथा छिमेकीबाट तारिफ पाइनेछ । विवादित विषयहरू तपाईंको पक्षमा रहनेछन् । प्रियजनसँगको भेटघाट रमाइलो रहनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
अघिल्लो लगानीबाट लाभ प्राप्त हुनेछ । नयाँ स्रोतसाधन तथा सम्पत्ति प्राप्त गर्ने योग छ । अध्ययनमा थोरै समय दिए पनि राम्रो नतिजा प्राप्त गर्न सकिनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा सफलताको संकेत छ । परिवारका सदस्यहरूसँग रमाइलो समय बित्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
राम्रो मेहेनतले काम सफल पार्न सकिनेछ । लगानीका लागि नयाँ अवसरहरू आउन सक्छन् । राजनीतिमा सक्रिय व्यक्तिहरूका लागि सफलता मिल्नेछ । अध्ययनमा प्रगति हुनेछ भने प्रतिस्पर्धामा विजयी हुने सम्भावना छ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । काम गर्न जोसजाँगरमा कमी आउन सक्छ । पारिवारिक समस्या देखापर्न सक्छ । आत्मबल बलियो राख्नुपर्ने समय छ । लामो दूरीको यात्रा सम्भावना छ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
सवारी साधन तथा अन्य भौतिक सम्पत्ति लाभ हुनेछ । पढाइ लेखाइमा सुधार आउनेछ । इच्छित कार्यहरू पूरा हुनेछन् । सरकारी वा पैत्रिक सम्पत्तिबाट लाभ प्राप्त हुनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा सफलताको योग छ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे)
राजनीति तथा समाजसेवामा सफलता मिल्नेछ । व्यापारमा आम्दानी बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ । प्रेम जीवन सुखमय रहनेछ । पैत्रिक सम्पत्तिको सदुपयोग गर्न पाइनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी)
नोकरीमा पदोन्नति तथा स्थानान्तरणको सम्भावना छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ । अध्ययन अनुसन्धानमा सफलता मिल्नेछ । प्रेम जीवनमा सकारात्मकता आउनेछ । लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
सावधानी अपनाउनुपर्ने समय छ । व्यापार व्यवसायमा समस्या आउन सक्छ । पारिवारिक मतभेद हुन सक्छ । आर्थिक पक्ष कमजोर बन्न सक्छ । आफन्त तथा साथीभाइहरूसँग विवाद बढ्ने सम्भावना छ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची)
पढाइमा राम्रो उपलब्धि मिल्नेछ । स्वास्थ्य राम्रो रहनेछ । व्यापार, उद्योग तथा शेयर बजारबाट राम्रो लाभ प्राप्त हुनेछ । प्रेम जीवन सफल हुनेछ । सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट