तनहुँमा पुल र सडकका लागि १ अर्ब ३८ करोड बजेट छुट्याइएको
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को लागि तनहुँमा पुल र सडक निर्माणका लागि कुल १ अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन गरेको छ।

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को लागि तनहुँमा पुल र सडक निर्माणका लागि कुल १ अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन गरेको छ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस बजेटका माध्यमबाट जिल्लामा १७ वटा पुल र सडक निर्माणको योजना अघि बढाउने जानकारी दिएको छ। कार्यालय प्रमुख रवीन्द्र तिवारीका अनुसार, शालिग्राम कोरिडोरको दासढुङ्गा साधेबगर भतेरी खण्डका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ।
अन्य योजनामा रानीटारी हर्कपुर घुम्ती किल्चोक मानुङ छाङदेखि भिमाद सडकका लागि १८ करोड, दमौली बिसघरे झापुटार सेती नदी पुलका लागि ५ करोड, खुदीखोला कटुसे रह पक्की पुल बन्दीपुरका लागि ३ करोड, ढोरवाराही मार्ग (साँखे थुम्कीडाँडा खण्ड) कालोपत्रका लागि २ करोड ५० लाख, बुद्धसिंह मार्ग बहुवर्षे योजनाका लागि २ करोड ५० लाख, मानपुर डेडगाउँ सडकका लागि २ करोड ५० लाख, शुक्लागण्डकी ५ र ८ जोड्ने सेती नदी पुलका लागि २ करोड ५० लाख, शुक्लागण्डकी १० र भिमाद ८ जोड्ने क्याङ्दी खोलाको पिप्लेमा सडक पुलका लागि २ करोड ५० लाख, तल्लो डुम्रे मोटरेवल पुलका लागि २ करोड ३६ लाख ८२ हजार, कुलुङ खोला पुल भिमाद १ डुम्रीवेशीका लागि २ करोड १६ लाख ५६ हजार, झापुटार काहुँ मोटरमार्ग स्तरोन्नतिका लागि २ करोड, सहिद लालध्वज मार्ग निर्माण तथा स्तरोन्नतिका लागि २ करोड, भानु मार्ग चन्द्रावती पोखरीछाप पुलिमराङ हुँदै कुन्छाफेदी सडकका लागि २ करोड, आँबु भाँगे छिम्केश्वरी हिलेखर्क मार्गका लागि २ करोड, दुलेगौडा हर्कपुर मार्ग कालोपत्रका लागि २ करोड र सिन्धु मार्गका लागि २ करोड बजेट विनियोजन गरिएको छ।
गत आर्थिक वर्षमा १४ बहुवर्षीय योजना सम्पन्न भएको र ३९ बहुवर्षीय योजना अझै सम्पन्न हुन बाँकी रहेको जनाइएको छ। सालबसाली सम्पन्न भएका योजनाको संख्या १ सय १९ रहेको र १४ योजनाले भने अझै पूरा हुन बाँकी रहेको कार्यालयले जानकारी दिएको छ।
तपाईको प्रतिक्रिया दिनुहोस