‘राज्यले नागरिकको अभिभावकत्व ग्रहण गर्नुपर्छ’
बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन्।

बागमती प्रदेशका आर्थिक मामिलामन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले नागरिकको समुन्नत विकासका लागि लोकतन्त्रलाई संस्थागत गर्नुपर्ने बताएका छन्।
१११औं बीपी जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री काफ्लेले नेपाली कांग्रेसको नेतृत्वमा लोकतन्त्रको संस्थागत विकासमा योगदान बढाउनुपर्नेमा जोड दिए।
काफ्लेले बीपीको मूल सिद्धान्त लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रता रहेको बताउँदै, "लोकतन्त्र बलियो बनाउन सके मात्र जनतामा खुसीको सञ्चार हुनेछ।" उनले मुलुकको आर्थिक उन्नतिका लागि पनि लोकतन्त्र अपरिहार्य रहेको टिप्पणी गरे।
मन्त्री काफ्लेले राज्यले नागरिकका समस्यामा सहानुभूति दिन नसकिरहेको भन्दै, कांग्रेसले नागरिकका समस्यामा केन्द्रित भएर राजनीति गर्नुपर्ने आवश्यकता औंल्याए। "राज्यले नागरिकको पीरमर्का महसुस गर्न सकेको छैन। नागरिकका मुद्दालाई सम्बोधन गर्नु नै लोकतन्त्रको असली मर्म हो," उनले भने।
शिक्षा, स्वास्थ्य, र रोजगारीका क्षेत्रमा राज्यले अपेक्षित काम नगरेको बताउँदै, काफ्लेले कांग्रेसको राजनीतिक दृष्टिकोण मुलुक र जनताको आर्थिक उन्नतिमा केन्द्रित हुनुपर्ने धारणा राखे।
कांग्रेसमा पनि समस्या रहेको स्वीकृत गर्दै, काफ्लेले कांग्रेससँग समाधानका उपाय पनि रहेको उल्लेख गरे। नयाँ राजनीतिक दलहरूको आलोचना गर्दै, उनले ती दलहरूले समस्या मात्र उजागर गर्ने र समाधानमा कमी रहेको टिप्पणी गरे। कांग्रेस जिम्मेवार पार्टी भएकाले नयाँ दलभन्दा फरक रहेको उनले जोड दिए।
तपाईको प्रतिक्रिया दिनुहोस