Techie IT
२०८२ वैशाख ८, सोमबार

नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासन र व्यवस्थित मार्गमा अघि बढ्न नदिने प्रयासहरू भइरहेको बताएका छन्।


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासन र व्यवस्थित मार्गमा अघि बढ्न नदिने प्रयासहरू भइरहेको बताएका छन्। नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’मा सम्बोधन गर्दै ओलीले नेपाललाई विकास र समृद्धिको मार्गमा अघि बढ्न नदिने योजना बनाइरहेको आरोप लगाए।

ओलीले भने, "नेपालमा शान्ति, सु–व्यवस्था र कानूनको शासन कायम हुन नदिने र सुशासनको मार्गमा अघि बढ्न नदिने प्रयासहरू भइरहेका छन्। नेपाली जनताको समृद्धि र सुखी नेपालका लागि गरिएको राष्ट्रिय आकांक्षालाई सफल हुन नदिन केही तत्वहरूले माहोल खडा गर्ने प्रयास गरिरहेका छन्।"

प्रधानमन्त्री ओलीले यसमा कतिपय जनाले जानेर, कतिपय नजानेर र कतिपय योजनाबद्ध ढंगले संलग्न भएको बताए। उनले भन्नुभयो, "उनीहरूसँग कुनै सत्य र तथ्यको आधार छैन; झुट, भ्रम, षडयन्त्र र तिगडमको सहारा मात्र छ।"

ओलीले अहिलेको अवस्था सामन्ती र निरंकुश राजतन्त्रको पक्षमा उफ्रिएको भन्ने टिप्पणी गर्दै, "म अहिले यस्तो देखिरहेको छु कि केही व्यक्तिहरूले सामन्ती र अधिनायकवादी राजतन्त्रको पक्षमा बेसरम उफ्रिरहेका छन्, जुन मैले कहिल्यै देखेको छैन।"



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट