Techie IT
२०८२ वैशाख ८, सोमबार

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

सुदूरपश्चिम प्रदेश सरकारले सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने योजना बनाएको छ।


सुदूरपश्चिम प्रदेश सरकारले सोमबार परिमार्जनसहित चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने योजना बनाएको छ। धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले गत असार १ गते प्रस्तुत बजेटमा सामान्य परिमार्जन गरेर नयाँ बजेट ल्याउने जानकारी दिए। 

मुख्यमन्त्री शाहले बजेट जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी तयार गरिएको र भदौ ३१ गते सार्वजनिक हुने बताए। बजेटका नीति कार्यक्रमहरू पहिले नै सदनबाट पारित भइसकेकाले परिमार्जित बजेट सोही आधारमा ल्याइएको स्पष्ट पारे। 

सत्ता समीकरणको परिवर्तनसँगै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि, तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले प्रस्तुत गरेको बजेट पारित नभई अलपत्र परेको थियो। सोही बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले बजेट ल्याउने तयारी गरेको शाहले बताए। 

बजेट पारित नभएका कारण गत साउन १ गतेदेखि सरकारको राजस्व संकलन, खर्च र अन्य अत्यावश्यक कामहरू रोकिएका छन्। नयाँ सरकारको नेतृत्वमा अध्यादेशमार्फत राजस्व संकलन गरिए पनि बजेटको शून्यता हटेको छैन। प्रदेश सरकार बजेटविहीन अवस्थामा हुँदा कर्मचारी तलब, भत्ता र सञ्चालन खर्चमा दुई महिना देखी समस्या आएको छ। 

सोडारी नेतृत्वको सरकारले चालु आवका लागि रु ३१ अर्ब ३२ करोड ९८ लाखको बजेट प्रदेशसभामा पेस गरेको थियो, जसमा चालुतर्फ रु ११ अर्ब ७ करोड १९ लाख र पूँजीगततर्फ रु १७ अर्ब ५३ करोड ८ लाख छुट्याइएको थियो। वर्तमान सरकारले रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको छ।

 

 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट