Techie IT
२०८२ वैशाख ६, शनिबार

आजको राशिफल (फाल्गुन २ गते)


आज विक्रम संवत २०८१ साल फाल्गुन २ गते, शुक्रबार । माघ शुक्ल पक्षको द्वितीया तिथि। ईश्वी सन् २०२५ फेव्रुवरी १४ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५३ मिनेट । रैबारप्रेसका लागि ज्योतिष पण्डित जनेश्वर जोशीले तयार पार्नुभएको आजको राशिफल 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन धन तथा सम्पत्तिका हिसाबले फलदायी रहनेछ। विलासितामा खर्च बढ्ने सम्भावना भए पनि आवश्यक भौतिक साधन तथा उपहार प्राप्त हुने दिन छ। व्यापार व्यवसायमा लगानी बढाउँदा राम्रो प्रतिफल प्राप्त हुनेछ। सरकारी तथा बैकिङ क्षेत्रमा लाभ प्राप्त हुन सक्छ। परिवारमा सन्तान सुख प्राप्तिको योग छ भने प्रेम सम्बन्धमा नजिकिन चाहने व्यक्तिहरूका लागि समय राम्रो छ। सामाजिक तथा बौद्धिक कार्यमा सक्रिय भइनेछ, जसका कारण सम्मान प्राप्त हुनेछ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज घरायसी समस्या एक्कासि बढ्न सक्छ, जसले आर्थिक व्यवस्थापनमा केही समस्या ल्याउनेछ। आमा वा परिवारका सदस्यसँग टाढिनुपर्ने स्थिति आउन सक्छ। मन थोरै अशान्त रहने भए पनि आत्मबलका कारण स्थितिहरू नियन्त्रण गर्न सकिनेछ। कृषि, पशुपालन तथा सवारी साधन खरिदबिक्रीबाट राम्रै लाभ मिल्ने संकेत छ। प्रणय सम्बन्धमा निकटता बढ्नेछ भने साथीभाइसँग रमाइलो भेटघाटको अवसर मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यवसायबाट राम्रो आम्दानी हुनेछ भने विशेष गरी प्रविधि तथा टेक्निकल क्षेत्रका लागि समय अनुकूल देखिन्छ। पुराना विवादहरू समाधान हुनेछन् र कानुनी कार्यहरूमा सफलता प्राप्त हुनेछ। पारिवारिक सदस्य तथा दाजुभाइबाट राम्रो सहयोग पाइनेछ। पढाइमा मन जानेछ र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। लामो समयदेखिको एक्लोपन टुङ्गिनेछ र प्रेम जीवनमा नयाँ मोड आउन सक्छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन तपाईंको कामको प्रशंसा हुने समय हो। विशिष्ट व्यक्तिहरूबाट सम्मान प्राप्त हुने सम्भावना छ। तार्किक क्षमता बढ्नेछ, जसले तपाईंलाई प्रतिस्पर्धामा अग्रस्थानमा पुर्‍याउनेछ। आर्थिक लाभका दृष्टिकोणले समय राम्रो छ, विशेषगरी नयाँ लगानी तथा व्यापारका लागि अनुकूल दिन छ। कला तथा संगीतमा रुचि राख्नेहरूका लागि नयाँ अवसर आउने सम्भावना छ। परिवारमा जमघटको माहोल बन्नेछ भने प्रेम सम्बन्धमा न्यानोपन रहनेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आत्मविश्वास बढ्नेछ र हिम्मतिलो निर्णय लिन सकिनेछ। व्यवसायमा लगानी बढाउँदा राम्रो नाफा प्राप्त गर्न सकिन्छ। कानुनी मामिलाहरू तपाईंकै पक्षमा आउनेछन्। पढाइ लेखाइ तथा अन्य प्रतिस्पर्धामा राम्रो स्थान हासिल गर्न सक्नुहुन्छ। प्रेमसम्बन्धमा प्रगति हुनेछ र प्रिय व्यक्तिबाट उपहार प्राप्त गर्ने सम्भावना छ। पारिवारिक वातावरण सुखद् रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आर्थिक कारोबार गर्दा विशेष ध्यान दिनुहोस्, अन्यथा घाटा बेहोर्नु पर्ने स्थिति आउन सक्छ। स्वास्थ्यमा समस्या आउनसक्ने हुँदा खानपान तथा दिनचर्यामा सचेत रहनुहोला। पढाइमा मन नजाने सम्भावना छ। तर, यात्राका अवसर मिल्नेछन्, जसले मानसिक शान्ति प्रदान गर्नेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ, तर कुनै कुरा लुकाउनु हानिकारक हुनसक्छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
खाद्यान्न, खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसायबाट लाभ प्राप्त हुनेछ। आर्थिक अवस्था सुदृढ हुने देखिन्छ। पढाइमा मन जानेछ, जसले सफलता प्राप्त गर्न सहयोग गर्नेछ। इच्छाहरू पूरा हुनेछन् र मन पराएको व्यक्तिबाट प्रेम प्रस्ताव आउने सम्भावना छ। प्रियजनहरूसँग भेटघाट तथा रमाइलो समय बित्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आर्थिक लाभ हुने दिन छ। व्यापार व्यवसायमा मुनाफा बढ्नेछ। गरिरहेको काममा पदोन्नति तथा नयाँ अवसरहरू प्राप्त हुन सक्छ। पारिवारिक जमघट हुनेछ र स्वादिष्ट परिकारको मजा लिन पाइनेछ। मायाप्रेममा प्रगति हुनेछ, प्रेम जीवनमा मिठास थपिनेछ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
सामाजिक कार्यहरूमा सहभागी भइनेछ। परिवार तथा आफन्तहरूलाई खुशी पार्न सकिनेछ। धार्मिक तथा आध्यात्मिक कार्यहरूमा मन जानेछ। व्यवसायमा लगानी बढाउँदा राम्रो नाफा प्राप्त हुनेछ। प्रेम जीवनका लागि समय राम्रो रहेको छ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गी)
सवारी साधन चलाउँदा वा यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। स्वास्थ्यका कारण केही समस्या आउन सक्छ। पढाइमा ध्यान दिन नसक्दा केही कमजोरी देखिन सक्छ। तर, प्रेम जीवनका लागि समय अनुकूल छ। प्रियजनहरूसँग रमाइलो समय बित्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
परिवार तथा साथीभाइको साथ पाइनेछ। लामो दूरीको यात्राको सम्भावना छ। व्यवसायमा मनग्गे आम्दानी हुनेछ। अध्ययनमा मन जानेछ। प्रेमसम्बन्धका लागि राम्रो समय रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, ची)
आजको दिन यात्रा तथा रमाइलोको समय रहनेछ। कानुनी निर्णय तपाईंको पक्षमा आउने सम्भावना छ। शत्रुहरू परास्त हुनेछन्। अध्ययन तथा प्रतिस्पर्धामा राम्रो नतिजा आउनेछ। प्रेमसम्बन्ध मजबुत हुनेछ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट