Techie IT
२०८२ वैशाख ८, सोमबार

नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस्

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नयाँ दलहरूलाई उत्ताउलो भएर नबोल्न सुझाव दिएका छन्।


नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नयाँ दलहरूलाई उत्ताउलो भएर नबोल्न सुझाव दिएका छन्। शनिबार काठमाडौंमा १११ औं बीपी जयन्तीको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सिटौलाले पुराना दलहरूको योगदानका कारण मुलुकमा परिवर्तन सम्भव भएको भन्दै नयाँ दललाई काम गर्ने सही तरिका अपनाउन आग्रह गरे। 

सिटौलाले जनताले नयाँ दलहरू जस्तै रास्वपा र जनमतलाई विश्वास गरेको सकारात्मक पाटो रहेको बताए, तर काम नगरी अरुलाई दोषारोपण नगर्न सुझाव दिए। उनले कांग्रेसको विचारलाई अपनाउन र लोकतन्त्रलाई बलियो बनाउन सबै दलहरूको सहयोग आवश्यक रहेको पनि जोड दिए। 

बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्ले कांग्रेसले जनतामाझ ल्याउनुपर्ने कामको चर्चा गरे, र पार्टीलाई कमजोर पार्न सक्ने शक्ति कसैसँग नभएको बताएका थिए। कार्यक्रममा वीपी कोइरालाको मुलुकको परिवर्तनमा गरेको योगदानको पनि चर्चा भएको थियो।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट