सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं, ३० माघ – नेपालका विभिन्न स्थानहरूमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
रोल्पा जिल्लाको रून्टीगढी गाउँपालिका-२ लामीडाँडास्थित सडकमा मंगलबार दिउँसो रा.१ ह ५४९१ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा अटोमा सवार ६५ वर्षीय ईन्द्र घर्तीको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका दुई जना अटो चालकलाई थप उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।
त्यसैगरी, नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१ मिलनचोकस्थित सडकमा मंगलबार बिहान बा.५ ख ६२५२ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ३० वर्षीय अर्जुन महत्तोको मृत्यु भएको हो । उनको उपचारको क्रममा नयाँ मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको छ ।
चितवन जिल्लाको रत्ननगर नगरपालिका-५ जनकल्याण चोकस्थित सडकमा मंगलबार राति अनियन्त्रित भएको मोटरसाइकल दुर्घटनामा चालक २८ वर्षीय आलोक महत्तोको मृत्यु भएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया दिनुहोस