Techie IT
२०८२ वैशाख ११, बिहीबार

जापानले अमेरिका समक्ष स्टिल–एलुमिनियममा नयाँ करबाट छुट माग्यो


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत कर लगाउने निर्णय गरेपछि जापानले आफूलाई त्यसबाट छुट दिन अनुरोध गरेको छ ।

जापानी सरकारका प्रवक्ता योशिमासा हायासीका अनुसार टोकियोले बुधबार अमेरिकास्थित जापानी दूतावासमार्फत यो औपचारिक अनुरोध गरेको हो ।

ट्रम्पले आफ्नो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई बचाउन यस्तै शुल्क लगाएका थिए । उनका उत्तराधिकारी जो बाइडेनले जापानलाई वार्षिक १२ लाख ५० हजार टन स्टिल शुल्कबिनै निर्यात गर्ने छुट दिएका थिए । तर, ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा १० बाट २५ प्रतिशत कर लगाइनेछ ।


जापानले अमेरिकी कदमको प्रभाव सावधानीपूर्वक अध्ययन गर्दै आवश्यक नीति अवलम्बन गर्ने जनाएको छ। यदि छुट नपाए जापानी अर्थतन्त्रमा असर पर्ने आँकलन गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट