Techie IT
२०८१ चैत्र २७, बुधबार

झापामा महिलाको शव फेला


झापा । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा एक महिलाको शव नग्न अवस्थामा फेला परेको छ । एक्लै बस्दै आएकी ५५ वर्षीया गङ्गाकुमारी लिम्बू आफ्नै घरभित्र मङ्गलबार राति शव फेला परेको वडाध्यक्ष बहादुर आङ्गबोले जानकारी दिए ।

सोमबारदेखि उनी सम्पर्कमा थिइनन् । छिमेकीले घरको झ्यालबाट हेर्दा भान्सा कोठामा लडिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले ढोका फोडेर शव निकालेर दमक अस्पताल पुर्‍याएको थियो ।

गङ्गाकुमारीका श्रीमान भारतमै बस्ने गरेको वडाध्यक्ष आङ्गबोले बताएका छन् । घटनाबारे अनुसन्धान सुरु गरेको झिलझिले प्रहरीले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट